अर्थ समाज

गाई फार्म बाट वार्षिक दश लाख कमाइ

गाई फार्म बाट वार्षिक दश लाख कमाइ
मंसिर २६ । कञ्चनपुरको भीमदत्तनगरपालिका– २ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गरेका छन् । बैंकबाट रु १४ लाख कर्जा र आफ्नो रु तीन लाख गरी रु १७ लाखको लागमा जोशीले देवभूमी गाईपालन फार्म सञ्चालन गरेका हुन् । एक वर्षअघि सञ्चालनमा ल्याइएको गाई फार्मबाट दूध बेचेर उहाँले वार्षिक रु दश लाख भन्दा बढी आम्दानी लिने गर्छन् । फार्ममा उन्नत नश्लका छवटा जर्सी र पाँचवटा होलेस्टेन जातका गाई छन् । ती गाईबाट प्रति दिन ६० लिटर दूध उत्पादन हुँदै आएको छ । “चिसोमा संकलन केन्द्रबाट दुग्ध विकास संस्थानले दूध नउठाउँदा घाटा व्यहोर्नुपर्ने समस्या छ” उनले भने । दूध बिक्रीबाट वार्षिक रुपमा आउने रु दश लाखमध्ये रु चार लाख गाईका लागि घाँस र चारोमा खर्चिने, रु एक लाख जती बैंकको ब्याज तिर्न र बाँकी रकम बचत हुने गरेको उनले बताए । भाडामा जग्गा लिई गाईफार्म खोलेका जोशीले वार्षिक रुपमा रु ३५ हजारमा प्रतिवर्ष रु पाँच प्रतिशत भाडा बढ्ने गरी फार्म सञ्चालन गर्दै आएका हुन् । विगतमा निर्माण व्यवसायको कार्य गर्दै आएका उनले विभिन्न ठाउँका पशुपालकले गाई फार्म खोलेर मनग्य आम्दानी गरेको देख्दा गाईफार्म खोलेर बसेको बताउँछन् । यो पेसमा सन्तुष्ट भएका उनले गाईको मलमूत्र समेत बिक्री गरेर अतिरिक्त आम्दानी समेत लिदै आएका छन् ।

cow farming

विशेष