अपराध सुरक्षा समाज

मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र
मंसिर २७ । काभ्रेको सानो वाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार प्रकाशित भएपछि सो विषयमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ । तर, एउटी दलित महिलालाई सार्बजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबीन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म मिलेको छैन् । गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काईंलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए । स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हरि लामाको नेतृत्वमा मंगलबार स्कुलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो । आइतबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख सहकुल थापाले लक्ष्मीलाई कुटपिट गरेको दिनदेखि हत्या र त्यसपछि भइरहेको अनुसन्धानबारे जानकारी गराए । मलमूत्र खुवाएको र कसले हत्या गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए । प्रहरीले मलमूत्र खुवाएको विषयमा कुरा बाझिएको बताएको छ । तर, पत्रकार सम्मेलनमा लक्ष्मीकी सासू विष्णुकुमारीले घटनामा प्रहरीको कमजोरी भएको भन्दै आक्रोश पोखिन । नयाँ पत्रिका

Police

विशेष