धपेडीले छात्राको मृत्युः र्यालीमा नगए फेल गरिदिने भनेर विद्यार्थी ओसारिएको रहेछ
मंसिर २७ । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा निकालिएको र्यालीमा विद्यार्थीलाई ह्विप नै लगाएर लगिएको पाइएको छ । विद्यालयले फेल गरिदिने धम्की दिएपछि विद्यार्थी बाध्य भएर र्याली मा सहभागी भएको बताइएको छ । सोही क्रममा १३ वर्षीया छात्रा समीक्षा आचर्याको गत बिहीबार धपेडीले र्यालीमै ज्यान गएको थियो ।
वीरेन्द्रनगरमा जारी कर्णाली एक्सोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि स्वागतमा विद्यार्थीहरुलाई सडकमा उतारिएको थियो । सोही क्रममा धपेडीका कारण र्यालीमा सहभागी होराइजन माबिमा कक्षा ९ मा पढ्ने समीक्षाको बेहोस पछि मृत्यु भएको थियो ।
सो विद्यालयका विद्यार्थीहरुले आफूलाई जबर्जस्ती ¥यालीमा जान बाध्य पारिएको बताएका छन् ।
–अन्नपूर्ण पोस्टबाट