अपराध सुरक्षा

श्रीमानलाई मार्न लगाउने श्रीमती, अनैतिक सम्बन्ध रहेको खुलासा

श्रीमानलाई मार्न लगाउने श्रीमती, अनैतिक सम्बन्ध रहेको खुलासा

कात्तिक २७ । जनकपुर–ढल्केवर सडक खण्डको हरैयास्थित सडक छेउमा गाडीले किचेर मृत्यु भएको अवस्थामा कातिक २६ गते श्रीराम ठाकुरको शव भेटियो ।

जनकपुर उपमहानगरपालिका–२२ विस्पिट्टीका ३७ वर्षीय ठाकुर अघिल्लो दिन साँझ घरबाट निस्किएका थिए । प्रहरीको अनुसन्धानका क्रममा उनको दुर्घटनामा मृत्यु भएको नभई गाडीले किचाएर हत्या भएको खुलेको छ । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–६ का ३० वर्षे जितेन्द्र चौधरी र धनुषाको महुवा–४ का २७ वर्षे मनोजकुमार चौधरी रहेका छन् ।

प्रहरीको अनुसन्धानबाट खुले अनुसार मृतक श्रीराम ठाकुरको श्रीमतीसँग जितेन्द्र चौधरीको अनैतिक सम्बन्ध थियो ।त्यही कारण श्रीरामको हत्या गरेको पाइएको छ । आरोपी जितेन्द्र चौधरीले एक हप्ता अघिदेखि नै ठाकुरको हत्या गर्ने योजना बनाएका थिए ।

प्रहरी नायव उपरीक्षक मनोज यादवका अनुसार कातिक २६ गते बेलुका जितेन्द्रले ठाकुरलाई जागिरको प्रलोभन दिइ ढल्केवर लगेका थिए । ढल्केवरबाट आफ्नै ज ३ प ८९३७ नम्बरको मोटरसाइकलमा चढाइ बेलुका फर्कने बेला झण्डै ७ बजेको समयमा हरैयास्थित मोटरसाइकल रोकेर भारतीय नम्बर प्लेटको बोलेरो आएका बेला धकेलेर हत्या गरेको खुलेको छ ।

घटनापछि उनीहरू फरार भएका थिए । दुबैलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी थप अनुसन्धान थालिएको छ । पक्राउ परेका मनोजकुमार चौधरीले श्रीरामको हत्या गर्न सहयोग गरेको पाइएको छ ।

Anaitik Sambnda

विशेष