पर्यटन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको वृत्तचित्र निर्माण गरिने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको वृत्तचित्र निर्माण गरिने
मंसिर - २८ । आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण संरक्षण विभागले १५ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको वृत्तचित्र निर्माण गर्ने भएको छ । विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको वस्तुस्थिति बुझ्न तथा त्यस क्षेत्रको जैविक विविधताको अध्ययन गर्नका लागि वृत्तचित्र निर्माण गर्न लागेको हो । विभागका सूचना अधिकारी नारायण रुपाखेतीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षबारे जानकारी दिन वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिए । यस्तै वृत्तचित्रमा सोही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पाइने वन्यजन्तु, पशुपक्षी, घाँस, बिरुवा, त्यस क्षेत्रको ‘वफर जोन’लगायत समावेश हुने रुपाखेतीले बताए । उक्त वृत्तचित्र निर्माणका लागि विभागले रु तीस लाख बजेट विनियोजन गरेको छ । उक्त निर्माण भएको वृत्तचित्र विभागको स्वामित्वमा रहने रुपाखेतीले बताए । छुट्टाछुटै राष्ट्रिय निकुञ्जले आ–आफ्नो तरिकाले वृत्तचित्र निर्माण गरे पनि विभागको पहलमा भने यस्तो वृत्तचित्र बन्न लागेको पहिलो पटक हो ।

राष्ट्रिय निकुञ्ज वृत्तचित्र

विशेष