अर्थ कर्पोरेट

सिन्धुली महोत्सव पुषको पहिलो सातादेखि सुरु हुने, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

सिन्धुली महोत्सव पुषको पहिलो सातादेखि सुरु हुने, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

मंसिर – २८ । पुष सात गतेबाट सिन्धुलीमा सिन्धुली महोत्सव सुरु हुने भएको छ । मंगलबार काठमाडौंंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै सिन्धुली उद्योग वाणिज्य महासंघले महोत्सव हुने जानकारी दिएको हो । अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने भनिएको महोत्सव पुष सात गतेदेपखि १७ गतेसम्म चल्नेछ । पाँच लाख दर्शक र पाँच करोडको व्यापार गर्ने लक्ष्य रहेको महोत्सवको आयोजक सिन्धुली उद्योग वाणिज्य महासंघले जनाएको छ । संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुलीका उत्पादन र पर्यटकिय स्थलको पवद्र्धन गर्न सम्मेलन गर्न लागिएको जानकारी दिए । सम्मेलनमा सिन्धुलीगढीको लडाई सम्झाउने नाटक, कवी गोष्ठी र सास्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछ । महोत्सवको सह–आयोजकमा सिन्धुली जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको रहेका छन् । २५ वटा स्टल रहने महोत्सवमा कृषि घरेलु, स्थानिय परम्परा र सास्कृतिक झल्कने वस्तुको पर्दशनी रहेको बताइएको छ ।

पर्यटन बोर्ड सिन्धुली महोत्सव

विशेष