अर्थ

मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय नवलपरासीमा पनि

मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय नवलपरासीमा पनि

मंसिर २९ । मुक्तिनाथविकास बैंक लि.ले आफ्नो बैंकिङ्ग कारोबार सहितको सेवा नवलपरासीको गोपिगञ्जमा सुरु गरेको छ । गत २०७१ साल श्रावण १ गतेदेखि लघुवित्त सेवाको संन्चालन गर्दै आएको यस बैकले अहिले अतिरिक्त आधुनिक बैंकिङ्ग सहित बैंकिङ्ग कारोबार सेवा समेत सञ्चालनमा ल्याएको हो ।

बैंकले जनता बैंकमाहोइन, बैंक जनतामा जानुपर्दछभन्ने सिद्धान्तलाई आत्मसातगर्दै नेपालको परिवेश सुहाउदो ३२ वटा आधुनिक बैंकिङ्ग, १२ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर साथै ४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीयसेवा प्रदान गरिरहेको छ ।

ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहनगर्ने उद्देश्यले सो बैक बैँकका अध्यक्ष मीन प्रसाद गुरुङ्गले औपचारिक रुपमा शाखाको समुद्घाटन गरी कारोबार शुभारम्भ भएको हो ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत भरत राज ढकालले बैंकको उद्देश्य,रणनीति, सेवा सुविधाहरु एवं भावी कार्यक्रमहरुको बारेमा जानकारी दिए । सो कार्यक्रममा स्वागतमन्तब्य शाखा प्रबन्धक टुल्काप्रसाद काफ्लेले राखेका थिए

Muktinath Bank

विशेष