यौन-शिक्षा

राष्ट्रपतिको राजीनामा माग गर्दै महिलाको यौन हडताल !

राष्ट्रपतिको राजीनामा माग गर्दै महिलाको यौन हडताल !

टोगोका राष्ट्रपतिको राजीनमा माग गर्दै महिलाहरुले यौनहडताल गरेका छन् । महिलाको आन्दोलनलाई विपक्षी राजीनतिक गठबन्धन र नागरिक अधिकारबदी समुहले पनि समर्थन गरेका छन् । राष्ट्रपति फाउरे नासिङबीको राजीनामा माग गर्दै महिलाहरुले प्रदर्शन गरेका हुन ।

जस अन्र्तगत टागोका महिला एक सातासम्म पुरुषसँग सुत्ने छैनन् । यौन हडतालले राष्ट्रपति फाउरे झुक्ने विपक्षिको विश्वास छ ।  प्रदर्शनमा १ सय भन्दा बढी यौनकर्मी महिला पक्राउ परेका थिए ।

यौनहड्ताल राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण हतियार भएको विपक्षिले जनाएको छ । यस अघि सन् २००३ मा लाइबेरियाका महिलाले पनि यौन हड्ताल गरेका थिए । यौनहड्ताल प्रभावकरी हुने धेरै महिलाको विश्वास रहेको छ ।

विशेष