अर्थ कर्पोरेट

व्यापारिक समझदारी पत्रमा हस्ताक्षर

व्यापारिक समझदारी पत्रमा हस्ताक्षर
मंसिर - २९ । नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्री र मित्रराष्ट्र चीनको छिङ्ताउ म्युनिसिपलबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । छिङ्ताउ म्युनिसिपल पिपुल्स कँग्रेसका उपाध्यक्ष मदम ऊ शुलिङको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधि मण्डलसँगको छलफलपछि नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष डा राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष मदमले सहमति पत्रमा आज हस्ताक्षर गरेका हुन्। सो अवसरमा अध्यक्ष श्रेष्ठले आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी कायम गरिएको जानकारी दिए । उनले नेपालमा जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्दै छिङ्ताउ सहरमा हुने व्यापार मेलामा नेपाली व्यवसायी भाग लिन इच्छुक रहेको बताए। प्रतिनिधि मण्डलका प्रमुख मदमले छिङ्ताउ अत्याधुनिक समुद्री बन्दरगाह भएको सहर भएकाले द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न सजिलो हुने धारणा राखे। रासस

नेपाल–चाइना

विशेष