पर्यटन

पोखरादेखि सराङकोट जोड्ने गरी यस्तो बन्ने भयो केबलकार, एक अर्ब लगानी

पोखरादेखि सराङकोट जोड्ने गरी यस्तो बन्ने भयो केबलकार, एक अर्ब लगानी

मंसिर ३० ।  पर्यटकीय नगरी पोखरामा फेवातालनजिक सेदीबगरदेखि सराङकोट जोड्ने गरी केबलकार निर्माण सुरु गरिएको छ । अन्नपूर्ण केबलकार कम्पनीले निर्माण गर्ने केबलकारको कम्पनीका अध्यक्ष कालु गुरुङले बुधबार शिलन्यास गरे ।

एक अर्ब रुपैयाँ लगानीमा निर्माण हुने केबलकार निर्माणमा गुरुङसहितको ७५, जापानी व्यवसायी ताकासी मियाहाराको १५ र स्थानीयको १० प्रतिशत शेयर लगानी रहने छ ।

केबलकार खपौदी क्षेत्रको सेदीबगरदेखि सराङकोटसम्म २ दमशलव २ किलोमिटर लामो दुरीको हुनेछ । सो दुरी पार गर्न ९ मिनेट लाग्ने प्राविधिकको भनाइ छ ।

केबलकार निर्माणको स्थानीय परामर्शदाता रोप–वे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालका अनुसार सेदीबगरमा केबलकारको तल्लो स्टेसन रहनेछ भने माथिल्लो स्टेसन सराङकोटमा हुनेछ । दुईओटा स्टेसनलाई केबलले जोड्ने गरी १३ ओटा टावर रहनेछन् ।

निर्माणप्रश्चात प्रतिघन्टा पाँच सयजना यात्रीले केबलकारमा आवत–जावत गर्न सक्नेछन् ।  केबलकार निर्माणपछि पर्यटक आगमन बढ्ने विश्वासमा पोखरेली पर्यटन व्यवसायी उत्साही बनेका छन् ।

 

Sarankot

विशेष