अपराध सुरक्षा अर्थ

नियम विपरित गोप्य रुपमा ३ सय ३४ पम्पलाई अनुमति

नियम विपरित गोप्य रुपमा ३ सय ३४ पम्पलाई अनुमति

मंसिर ३० । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ ।

‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्था गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ ।’

अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन् । नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ । नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ । उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन् ।

इजाजत प्रक्रियामा समन्वय नगरे पनि पम्प सञ्चालनपूर्व गर्नुपर्ने प्रक्रिया भने गुणस्तर विभागले पूरा गरिदिएको छ ।

कान्तिपुर

Petrol Pump Pump

विशेष