ओटोमोबाइल

सुजुकी सुपर क्यारी नेपाली बजारमा

सुजुकी सुपर क्यारी नेपाली बजारमा

मंसिर ३० । सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी सार्वजनिक गरेको छ ।

यस सँग कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ । सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । सीजी मोटोकर्पले काठमाडौंमा कम्पनीको महाराजगञ्ज र बालकुमारी स्थित विक्रि केन्द्र मार्फत गाडी उपलब्ध गराउने छ । त्यसैगरी, उपत्यका बाहिर भने पोखरा, विरगञ्ज, विराटनगर र बुटवल विक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आउने महिनाहरुमा आफ्नो विक्रि सञ्जाल थप बृहत बनाउँदै लैजाने बताएको छ ।

कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुजुकी सुपर क्यारीलाई फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्छ । कम्पनीका अनुसार सुपर क्यारीले ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।

त्यसैगरी, सार्वजनिक नयाँ गाडीले एआरएआई प्रमाणित २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ । कम्पनीले गाडीको खरिदमा उपभोक्तालाई २ बर्षको वारेण्टि सुविधापनि उपलब्ध गराउने जनाएको छ ।

Sujuki

विशेष