अर्थ

नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

नेपाल र आइएलओको सहकार्य ५० वर्षमा
मंसिर–३० । नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) बिच सहकार्य भएको ५० वर्ष पुगेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइएलओले अघि सारेको सम्मानजनक कामको नीतिप्रति नेपालले प्रतिबद्धता जनाइसकेको तथा त्यसको पालनासमेत गरिरहेको बताएका छन् । श्रम र रोजगारका क्षेत्रमा आइएलओसँग सहकार्य गर्दै अघि बढ्न नेपाल तयार रहेको प्रधानमन्त्री दाहालले बताए । उनले बढ्दो वैदेशिक रोजगारीको अवस्थाअनुरुप आप्रवासको अन्तर्राष्ट्रिय श्रम मापदण्ड लागू गर्न आवश्यक रहेकामा पनि जोड दिए । आइएलओका महानिर्देशक गाय राइडरले नेपालको नयाँ संविधान मजदुरमैत्री रहेको आफूले पाएको बताउँदै मानवअधिकार, रोजगारीको अधिकार, मर्यादित श्रमको अधिकार, सौदाबाजीको अधिकारजस्ता मजदुरमैत्री प्रावधान त्यसमा रहेको बताए । मानवअधिकारसम्बन्धी आइएलओको आठ अभिसन्धिमध्ये सातमा नेपालले हस्ताक्षर गरिसकेको जानकारी दिँदै उनले त्यसले कामदारको अधिकारको संरक्षणका लागि सहयोग पुगेको बताए । कार्यक्रममा सरकार, श्रमिक र रोजगारदाताका प्रतिनिधिले आ–आफ्नातर्फबाट आगामी दिनमा समेत आइएलओसँगको सहकार्य जारी राख्ने विषयको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । रासस

अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपाल सरकार

विशेष