अर्थ कर्पोरेट शेयर

सेयर बजारः साताको अन्तिम दिन नेप्से १३ दशमलब ९८ अंकले उकालो

सेयर बजारः साताको अन्तिम दिन नेप्से १३ दशमलब ९८ अंकले उकालो
मंसिर - ३८ । केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन विहीबार उकालो लागेको छ । बजार ओरालो लागेर चिन्तित देखिएका लगानीकर्ता बजार उकालो लागेपछि खुसी देखिएका छन् । कारोबारमा नेप्से १३ दशमलब ९८ अङ्कले उकालो लाग्दा परिसूचक १५३०.०६ अङ्कमा पुगेको छ । बजार दोहोरो अङ्कले बढ्दा समग्र बजार शून्य दशमलव ९२ प्रतिशतले उकालो लागेको हो । १३१ कम्पनीको ६ लाख ६८ हजार कित्ता सेयर ४९ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने घटेको छ । बाँकी समूहको परिसूचक हरियो भएको छ । बिमा समूहको परिसूचक ९२ दशमलव २३ अङ्कले उक्लिएर अग्र स्थानमा देखियो । होटेल समूहको परिसूचक ३३ दशमलब ८८ अंक बडेर दोस्रो स्थानमा देखियो भने डेभलपमेन्ट बैङ्कको २०.०१, बैंङकिङ समूहको १३.५३, जलविद्युत समूहको ८.७९ र वित्त समूहको परिसूचक ६.५४ अङ्कले उकालो लागेको छ ।

सेयर बजार

विशेष