अर्थ कर्पोरेट

उद्योग दर्ताका लागि निवेदन दिएको ३० घण्टाभित्रै प्रमाणपत्र

उद्योग दर्ताका लागि निवेदन दिएको ३० घण्टाभित्रै प्रमाणपत्र
मंसिर – ३० । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योग दर्ताका लागि निवेदन दिएको ३० घण्टाभित्र प्रमाणपत्र दिन निर्देशन गरेका छन् । विदेशीको हकमा भने दर्ता भएको सात दिनभित्र प्रमाणपत्र दिन निर्देशन छ । उद्योग विभाग पुगेको मन्त्री जोशीले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । हाल नयाँ उद्योग दर्ताको लागि विभागमा निवेदन दिएपछि १४ दिन सम्मको समय लाग्ने गरेको छ । मुलुकमा औद्योगिकरणका लागि लगानी कर्ताहरुलाई आकर्षित गर्न जरुरी रहेको भन्दै मन्त्री जोशीले उद्योग विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो पारदर्शी बनाउन निर्देशन दिएका हुन् । सेवाग्राहीहरुको गुनासो सुन्न आफै वा राज्यमन्त्री विभागमा उपस्थित हुने व्यवस्था मिलाएको मन्त्री जोशीले बताए । उद्योग विभागबाट प्रदान गरिने सेवाहरुका लागि आवश्यक कागजपत्रहरुको विवरण विभागको वेभ साइटमा अध्यावधिक गर्न उनले कर्मचारीलाई निर्देशन दिएका छन् । उनले सेवाग्राहीहरुलाई सजिलो होस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको बताए ।

नवीन्द्रराज जोशी

विशेष