अर्थ

एनसेलले ल्यायो दुई थप सेवा 

एनसेलले ल्यायो दुई थप सेवा 

पुस १ । एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ नामक दुई आकर्षक सेवा ल्याएको छ ।

साप्ताहिक रोमिङ डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एमबीसम्मको न्यून शुल्कमा डेटाको मज्जा लिन सक्छन् ।

 ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । यी सेवाहरू पुस १ देखि लागु हुने जारी विज्ञप्तिमा छ ।
‘साप्ताहिक रोमिङ डेटा प्याक’ अन्तर्गत ग्राहकले १५ सयमा २५० एमबी डेटा र ५ हजारमा १ जीबी डेटा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी एनसेलले रोमिङ ट्रान्जिट पास लिने ग्राहकले ५ सय रुपैयाँमा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सक्ने पनि जनाएको छ । यी सेवाअन्तर्गतका सबै शुल्क करसहित हुन् ।
 

Ncell

विशेष