अर्थ कर्पोरेट

'विकासशील मुलुकको स्तरोन्नतिका लागि थप सुधार आवश्यक'

'विकासशील मुलुकको स्तरोन्नतिका लागि थप सुधार आवश्यक'
पुस - १ । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (युएनसिटीएडी)ले अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सामाजिक एवम् आर्थिक क्षेत्रको सुधारमा विशेष ध्यान दिनुपर्ने सुझाएको छ । युएनसिटिएडीले तयार पारेको अतिकम विकसित मुलुकसम्बन्धी २०१६ को प्रतिवेदनले नेपालले सन् २०२० सम्ममा स्तरोन्नति हुनका लागि आर्थिक वृद्धिदरलगायतका मुद्दामा थुप्रै सुधार आवश्यक रहेको जनाएको हो । प्रतिवेदनका अनुसार सन् २०१२ देखि विश्वका अतिकम विकसित मुलुकको कुल गार्हस्थ्य उत्पादनमा भारी कमी आई सन् २०१५ मा ३.६ प्रतिशतमा कायम भएको छ । एलडिसीबाट स्तरोन्नति हुन सन् २०११ देखि २०२० सम्म प्रत्येक वर्ष सात प्रतिशतको आर्थिक वृद्धिदर आवश्यक हुन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका वरिष्ठ अर्थशास्त्री वासुदेव गुहा खास्नोविसका अनुसार पछिल्लो चार वर्षयताको अवस्थालाई अवलोकन गर्दा एलडिसी मुलुकको आर्थिक वृद्धिदर सन् २०१६ मा ४.५ प्रतिशत, २०१७ मा ५.७ प्रतिशत रहनेछ । जुन एलडिसी मुलुकका लागि तयार पारिएको इस्तानबुल कार्ययोजनाअनुसार न्यून हो । उनका अनुसार गरिबीको कष्ट, व्यापारिक झमेला, न्यून उत्पादनजस्ता समस्यामा एलडिसी मुलुक रहेकाले स्तरोन्नतिका लागि समस्या छ । अर्थशास्त्री खास्नोविसले एलडिसीबाट स्तरोन्नति भनेको आर्थिक आयको दौडमात्र नभई ती मुुलुकमा कुल गार्हस्थ्य आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक संवेदनशीलता सूचकाङ्कजस्ता सर्वस्वीकार्यताको दिगो विकास पनि भएको बताए । विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनका लागि वित्त, व्यापार, प्रविधिजस्ता विषयलाई विशेष जोड दिन सुझाइएको छ । एलडिसी स्थापना भएयता बोट्सवाना ९१९९४०, कावो भर्डे ९२००७०, माल्दिभ्स ९२०११० र सामोआ ९२०१४०मा चार मुलुकमात्र स्तरोन्नति भएका छन् । रासस

UN

विशेष