मूल्यवृद्धि डेढे दशकयताकै कम, तपाईले पनि महशुस गर्नुभयो ?
पुस २ । भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहिले केही राहत मिलेको छ । अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो ।
खाद्य, गैरखाद्य वस्तुसहित मूल्यवृद्धि दर ४ दशमलव ८ प्रतिशतमा सिमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आव पहिलो चार महिनाको आर्थित तथा वित्तीय स्थितिअनुसार यो मूल्यवृद्धि दर डेढ दशकयताकै कम हो । सन २००२ मा मूल्यवृद्ध दर २ दशमवलव ९ रहेकामा गत वर्षसम्म निरन्तर बढेर १३ दशमलव २ प्रतिशत पुगेको थियो ।
त्यसमा सबैभन्दा कम मूल्यवृद्धि दैनिक उपभोग्य वस्तु ध्यू, तेल, दलहन र गेडागुडी, खाद्यपदार्थ, फफूल् र माछामासुमा रहेको छ । तर मूल्यवृद्धि हुँदै नभएको भने होइन । बढ्ने दरमा कमी आएको हो । नागरिक दैनिकबाट