अपराध सुरक्षा

आगूऔषधसहित विभिन्न ठाउँबाट चार जना पक्राउ

आगूऔषधसहित विभिन्न ठाउँबाट चार जना पक्राउ
पुस – २ । तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । ड्रागन एयर मार्फत हङकङ जादै गरेका पर्वत लेकफाँटका ३५ वर्षीय अबिर शेर पाइजामगर र कास्की गैरीगाउँका ६४ वर्षीय नरमान गुरूङ चरेश सहित पक्राउ परेका हुन । प्रहरी प्रधान कार्यालय लागूऔंषध नियन्त्रण ब्यूरोका अनुसार, हेण्डब्यागभित्र गोप्य खल्ती बनाइ लुकाई छिपाई तीन किलो चार सय ग्राम चरेश लैजादै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन । विमानस्थलको प्रस्थान कक्षमा शंका लागि ह्याण्डब्याग खानतलासी गर्दा चरेश फेला परेको हो । यसैगरी काठमाडौं महानगरपालिका–१३ स्थित कालीमाटी तरकारी बजारबाट काठमाडौं, चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारा डेरा गरी बस्ने मकवानपुर, टिस्टुङ्ग–५ का २७ वर्षीय सुजन तामाङ्गलाई गाँजाको धुलो, चरेस बनाउने कच्चा पदार्थ ४ सय ७० ग्रामसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनको डेरा कोठाबाट गाँजाको धुलो चरेस बनाउने कच्चा पदार्थ ७ केजी ७ सय ३० ग्राम, नगद ५ हजार र मोबाईल १ थान समेत प्रहरीले बरामद गरेको जनाएको छ । यसैबीच, लागूऔषध ब्यूरोले बिराटनगरको न्यू महेन्द्र चोकबाट सन्तोष कामतलाई शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखेको औषध जन्य लागूऔषध एभिल २६ एम्पुल, डाइजेल्याप ५३, लुप्रिजेसिक ५७ र फिनारगन ३४ एम्पुल सहित पक्राउ गरेको छ । भारतबाट लागूऔषध बोकेर नेपाल आउदै गरेको अवस्थामा शंका लागि शरीर खानतलासी गर्दा उनको साथबाट यतिको लागूऔषध बरामद भएको जानकारी ब्यूरो प्रहरीले दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ लागूऔंषध नियन्त्रण ब्यूरो

विशेष