अपराध सुरक्षा समाज

केपी ओलीले काँध थापेका कृपासुरको यस्तो कर्तुतः भुँडी बोकाएर भाग्ने देखि बुहारीलाई गोली ठोक्नेसम्म

केपी ओलीले काँध थापेका कृपासुरको यस्तो कर्तुतः भुँडी बोकाएर भाग्ने देखि बुहारीलाई गोली ठोक्नेसम्म

२०७२ साल जेठ १८ गते तत्कालिन पर्यटन मन्त्री कृपासुर शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट डोर मगाए । मन्त्रीले डोर (बोलाएको ठाउँमा पुगेर काम गरिदिने सरकारी टोली) डाकेपछि प्रशासनका कर्मचारी मन्त्रालय पुगे । मन्त्री शेर्पाले आफ्नो च्याम्बरको ढोका लगाए । र, भित्री चुरो खोलेः यो मेरो छोरो हो । यसलाई नागरिकता दिन प¥यो । प्रशासनका कर्मचारी मुखामुख गरे । फिस्स हाँसे र काम थाले । किनकी विषय बाहिरफेर निकै गनाइसकेको थियो । कर्मचारी भएकाले मात्र मन्त्रीका अगाडि उनीहरुले मुख छोड्न सकेनन् ।
अघिल्लो दिन मन्त्री कृपास’र टेलिभिजनको पर्दामा मच्चिदै थिए । उनीसँगको कुराकानी प्रत्यक्ष प्रशारण भइरहेको थियो । सरकार फेरिन लागेकाले १३ दिनमै मन्त्री पद जाने सम्भावनाका बारेमा प्रस्तोताले प्रश्न गरिरहेका थिए । ‘म मजदुर, किसान, गरिव जनता, महिला, उत्पीडित समुदाय र क्षेत्रको पक्षमा संर्घष गर्न राजनीतिमा लागेको हुँ । मन्त्री हुनका लागि होइन । त्यसैले मन्त्रीको चिन्ता छैन ।’ उनी कड्किदै थिए । त्यसै मेसोमा प्रस्तोताले उनलाई तस्बिर देखाएर सोधे, ‘यी महिला र युवक को हुन् ? महिलामाथि व्यविचार गर्ने तपाईले यस्तो भन्न सुहाँउछ ?’ कृपासुर लरबराए । अनि, एकै सासमा भने, ‘मेरी पत्नी र छोरा हो । मेरो परिवारमा तपाई नछिर्नोस् ।’ कृपासुरले धनमाया दर्नाल र गणेशलाई पहिलो पटक श्रीमती र छोरा स्विकार गरेको क्षण थियो । उनले छोरा गणेशलाई उहिल्यै नागरिकता दिएको भने जिद्धि गरिरहे । कृपासुरले दलित युवतीलाई भूँडी बोकाएर फरार भएको र श्रीमती बृद्ध भइसक्दापनि नहेरेको विषयले राजनीति तरंगित भएको थियो । जसलाई उनले असान्र्दभिक बहश भनि बढी नउचाल्न आग्रह गरिरहे । कार्यक्रम सकिएलगत्तै उनी सोझै गणेशको डेरामा गए । बर्षौँ वेवास्ता गरिएकी श्रीमती र कहिल्यै आफ्नो स्विकार नगरिएको छोरालाई साथमा राखेर फोटो खिचाए । अनि फेसबुकमा मेरी श्रीमती र छोरो भनेर पोष्ट गरे । भोलिपल्ट सिंहदरबारमा डोर बोलाएर गणेशलाई नागरिकता दिए । अंश दिने र अमेरिका पठाइदिने आश्वासनपनि दिए । त्यसपछि एउटा कागजमा गणेशलाई हस्ताक्षर गर्न लगाए । जसमा केही संचारमाध्यमले आफ्नो परिवारका बारेमा काल्पनिक हल्ला चलाएको र बुबाको प्रतिष्ठामा आँच पु¥याउन खोजेको भन्दै कपोलकल्पित कुराको पछाडि नलाग्न सबैलाई आग्रह गरिएको थियो । एमालेभित्र कृपासुरको सवाल पूरानो थिएन । राष्ट्रिय राजनीतिमा उतिसारो नदेखिएका कृपासुर मन्त्री बनेपछि उनको विषय बढी चर्चामा आयो । दुनियाँले थाहा पायो । त्यो भन्दा पहिले नै एमालेमा भयंकर बहश भइसकेको थियो ।
भुकम्पले एमालेको बल्खुस्थित कार्यालय जोखिमयुक्त बनाइदियो । एमालेलाई कार्यालय चाहिएको थियो । कृपासुरले अध्यक्ष केपी ओलीलाई आफु हर्ताकर्ता रहेको संस्थाको कार्यालय पार्टीको प्रयोजनका लागि दिने प्रस्ताव गरे । भोजपुरमा आफुलाई टिकट दिलाउन अध्यक्षले खेलेको भुमिकाको गुन तिर्न आएको भन्दै कृपाशुर कृतज्ञ मुडमा प्रस्तुत भए । ओली मुस्कुराउँदै कृपासुरलाई धाप मारे । त्यसपछि ओलीले कृपासुरलाई मन्त्री बक्सिस दिए । त्यतिन्जेल पार्टी कार्यालय स्तानान्तरणको प्रक्रिया शुरु भइसकेको थियो । अखिल नेपाल महिला संघकी अध्यक्ष तथा पार्टी उपाध्यक्षसमेत रहेकी बिद्या भण्डारीमाथि चर्को दबाब प¥यो । ०३६ सालमा कर्मचारी हुँदा युवतीलाई भूँडी बोकाएर भाग्नेदेखि बहुबिबाह गर्नेसम्मको कुकृत्य गर्ने कृपासुर मन्त्री बन्दा भण्डारीको भुमिकामाथि प्रश्न उठ्न थालेको थियो । उनले अध्यक्ष ओलीसँग चर्को असहमति जनाइन् । मदन भण्डारीको सालिक रहेको ठाउँबाट कृपासुरको कृपाले प्राप्त ठाउँमा पार्टी कार्यालय सार्ने कुरा भण्डारीलाई चित्त बुझेको थिएन । त्यसमाथि महिलामाथि शोषण गरेको विषय जबरजस्त उठेपछि उनले कृपासुरलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग गरिन् । भण्डारीको दबाबमा परेका ओलीले कृपासुरलाई बालकोटमा बोलाए । बिबाद साम्य नभए मन्त्री पद जाने चेतावनी दिए । मन्त्री रहिन्जेल कृपासुरले गणेशलाई थामथुम पारिरहे । अंश आजै दिनेजस्तो गरी प्रस्तुत भए । तर, सधैँ व्यस्तता देखाए । मन्त्रीको छोरो हुन पाउँदा गणेशपनि मख्खै भए । मौन रहे । सरकार फेरिएसँगै कृपासुरको व्यवहारपनि फेरियो । उनले गणेशलाई सकेको गर्न चुनौति दिए । त्यतिन्जेल मन्त्रीका रुपमा कृपासुरले सकेको शक्ति लगाएर गणेशलाई सम्पत्तिबाट बञ्चित गर्ने रणनीति बनाइसकेका थिए । सम्पत्ति कान्छी श्रीमतीको नाममा सारिसकेका थिए । वा, केही सम्पत्ति बेचेर नयाँ किनेको सम्पत्ति शुरुमै कान्छीको नाममा पास गरेका थिए ।
बाबु खोज्न र छोरो प्रमाणित हुन गणेशलाई ३६ बर्ष लाग्यो । सम्पत्ति खोज्न कति बर्ष लाग्ने हो पत्तो छैन । यसै बीच गणेशले आमालाई गुमाए । धनमाया मरेको दिन कृपासुर काठमाडौँमै थिए । गणेशले आमाको मृत्यु भएको खबर कृपासुरलाई सुनाए । कृपासुर आर्यघाटसम्म पनि पुगेनन् । धनमाया (नागरिकताअनुसार बिष्णुमाया) ३० को दशकमा ताप्लेजुङमा चर्चित थिइन् । महिला संघको अध्यक्ष भइसकेकी उनलाई धेरैले भविश्य बोकेकी नेतृका रुपमा हेर्थे । दलितकी छोरीलाई राजाले ठाउँ दिने भन्दै धनमायाको तारिफ गर्थे । त्यही बेला कृपासुर कर्मचारीको रुपमा ताप्लेजुङ पुगे । धनमायासँग मायाको बहानामा शारीरिक सम्बन्ध राखे । जब धनमाया दुई जिऊकी भइन्, कृपासुर कुलेलाम ठोके । संचारको सुविधा नभएको त्यो जमानामा दुई जिऊकी धनमायाले कृपाशुरलाई खोज्न सम्भव भएन । समाजले उनलाई खोज्ने मौका पनि दिएन । कुमारी केटी गर्भवती भएपछि उनको कुनै इज्जत रहेन । उनलाई गर्भवती बनाउने पुरुष को हो भन्ने खोजी गर्न कोही लागेन । राजनीतिक भविश्य र सामाजिक प्रतिष्ठा पूरै गुमाएकी धनमाया डिप्रेशनको शिकार भइन् । औषधी खाइ नखाइ उनी मरेतुल्य जीबन जिउँन विवश थिइन् । मर्नपनि सक्दिनथिन्, समाजलाई चुनौति दिँदै जन्माएको गणेश आँखामा आइहाल्थो ।
यता कृपाशुर एमालेको राजनीतिमा सक्रिय भए । जे गर्नपनि पछि नपर्ने कृपासुरले मज्जैले धन जोडिसकेका थिए । छोटो अवधिमै उनी जिल्ला पार्टीमा स्थापित भए । ओलीको पक्षमा लागेकै कारण उनले कैयौँ विवादस्पद घटनामा चोखिने मौका पाए । आफ्नो पक्षका कार्यकर्तालाई सित्तिमित्ति कारबाहीमा पर्न नदिने ओली प्रवृत्तिले कृपासुरलाई जोगाइरह्यो । जननिर्वाचित सांसदका रुपमा कृपासुर झन बलियो भए ।
कृपाशुरका जेठो छोरा गणेशले स्कुल देख्न पाएनन् । उनको उमेर बुबा पत्ता लगाउँदैमा बित्यो । अवैध सन्तान हुनुको पीडा व्यक्त गर्दा गणेश अहिले पनि भक्कानिने गर्दछन् । चौतर्फी अपमान खेपेका उनी माओवादी भए । पछि उनी एमाले बने । कपी ओलीलाई उनी बुबा बनेर सम्बोधन गर्छन् । शुक्रबार एकाबिहानै गणेश हस्याङ फस्याङ गर्दै ओली निवास बालकोट पुगे । कृपासुरलाई भेट्न गएकी श्रीमती र छोराछोरीलाई गोली हानेर उडाइदिने धम्की सुनेपछि उनी आत्तिएका थिए । उनले ज्यान जोगाइदिन र अंश दिलाइदिन केपी बुबासँग आग्रह गरे । ओलीले कृपासुरसँग कुरा गर्ने जनाए । बालकोटबाट फर्कदै गर्दा कृपासुरको फोन आयो । फोनमा कृपासुरले गणेशलाई भने, ‘ओलीलाई बा भन्दै गएपछि उसैले देला सम्पत्ति । मेरोमा किन आउनु ?’ कृपासुर ओलीलाई समेत चुनौति दिने गरी आक्रामक देखिन थालेका छन् । ओली कतिन्जेल कृपासुरलाई काँध थापिरहन्छन् ? प्रश्न पेचिलो छ ।
https://youtu.be/mo_CXaRwr50 दलित पत्नीपट्टिका बुहारी र नातिनातिना घर पस्न खोज्दा कृपासुरले गोली ठोकेर मार्ने धम्की दिए (भिडियोसहित)

ganesh sherpa KP Sharma Oli kripasur sherpa

विशेष