यौन-शिक्षा

पोर्न स्टारलाई साउदीको राजदूत बनाउन हस्ताक्षर संकलन !

पोर्न स्टारलाई साउदीको राजदूत बनाउन हस्ताक्षर संकलन !

पोर्न स्टार मिया खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइनमा हस्ताक्षर संकलन भइरहेको छ । अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो । उक्त याचिकामा अहिलेसम्म ३ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन ।

उक्त याचिका अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म पुर्याउनका लागि दायर गरिएको हो । उक्त याचिकामा मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायको हितका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिलाई बेवास्ता गर्दै मानिसहरूलाई एकजुट बनाउन ठूलो काम गरेको उल्लेख गरिएको छ । उनी मध्यपूर्व देशको प्रतिनिधित्व गर्नका लागि एक महान् नेता प्रमाणित हुने जनाइएको छ ।

मिया धेरै पटक विवादमा आइसकेकी छिन्। एक पटक बुर्का लगाएर भिडियो खिचेपछि इस्लामिक देशमा उनको व्यापक विरोध भएको थियो ।

Amriacn Porn Star

विशेष