अर्थ

आयल निगमले पेट्रोल र डिजलको भाउ बढायो

आयल निगमले पेट्रोल र डिजलको भाउ बढायो
पुस ३ । नेपाल आयल निगमले इन्धनको मुल्य प्रतिलिटर साढे ४ रुपैया बढाएको छ । निगमले आइतबार राती १२ बजेदेखी लागु हुनेगरी मुल्य बढाएको हो । नयां मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयां ५० पैसा पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल ७३ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएकाले मूल्य यथावत राखेको जनाएको छ । हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ ।

विशेष