अर्थ

भारु साटिने सम्भावना समाप्त भयो

भारु साटिने सम्भावना समाप्त भयो

पुस ४ । नेपालीसँग रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ नोट साटिने सम्भावना टरेको छ । नेपाल राष्ट्र बैंकले पटक पटक आगंह गरे पनि भारतको वित्त मन्त्रालयले पूरै बेवास्ता गरेपछि नोट नसाटिने देखिएको हो ।

भारतमा यी नोट साट्ने अवधि पुस १६ समम्म छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन ।

राष्ट्रबैंकको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ पर्खेर बसिरहेको बताए । ‘कोसँग कुरा गर्ने, र कहिले कुरा गर्ने भन्ने विषयमैउनीहरुको जवाफ पर्खिरहेका छौं’ उनले भने ।

यसअघि ठूला दरका भारु साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारतमा जाने डेपुटी गभर्नर शिवाकोटीले बताएका थिए । –कारोबार दैनिकबाट

विशेष