अर्थ कर्पोरेट

सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम सुरु

सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम सुरु
पुस ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम साेभबारबाट सुरु भएकाे छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले महोत्सवको उद्घाटन गरे। कार्यक्रममा पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले चीन र नेपालको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूकम्पपछिको अवस्थामा नेपालका पुरातत्व प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । तीनदिनसम्म चल्ने महोत्सवमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिसमेत सहभागी छन् । महोत्सवमा आपसी सांस्कृतिक र सहकार्यबारे छलफलसमेत हुनेछ ।

चीन महोत्सव रासस

विशेष