अपराध सुरक्षा

कसले गर्यो युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्या ?

कसले गर्यो युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्या ?

पुस – ४ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमवार अपरान्ह गोली हानी हत्या गरिएको छ । युवा संघका नेता तथा देवदहका युवा व्यवसायी तिवारीको हत्याको जिम्मेवारी मनोज राना पुनले लिएको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख विनोद सिंहले जानकारी दिएका छन् । प्रहरीले उनको हत्या राजनीतिक कारणले नभई ब्यक्तिगत कारणले भएको प्रारम्भिक निष्कर्ष निकालेर अनुसन्धान अगाडि बढाइरहेको छ । मोटरसाइकलमा आएका २ जनाले गोली हान्दा घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्ति छातिमा गोली प्रहार गरेको थिए । केबीआई ईट्टाभट्टाका सञ्चालक समेत रहेका उनलाई गत वर्ष पनि गोली हानिएको थियो । तर उनी बाँच्न सफल भएका थिए । सोमवार अपरान्ह रातो पल्सर मोटरसाइकलमा सवार अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते उनको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदहस्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रुपन्देहीका डिएसपी बेदबहादुर पाण्डेले जानकारी दिए । उनीमाथि यसअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा गोली हानिएको थियो । पहिलेको आक्रमणमा संलग्नमध्ये आठजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।

गोली हानी हत्या दुर्गा तिवारी रूपन्देही

विशेष