अर्थ कर्पोरेट

नेप्से १६ दशमलब ४७ अंकले ओरालो

नेप्से १६ दशमलब ४७ अंकले ओरालो
पुस - ४ । साताको पहिलो दिन आइतबार १.२९ अङ्कले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से १६.४७ अङ्कले ओरालो लाग्दा परिसूचक १५१४.८८ अङ्कमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको काराबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७३ अङ्कले ओरालो लागेको छ । सबैभन्दा बढी बिमा समूहको परिसूचक १०३.४९ अङ्कले ओरालो लागेको हो । त्यस्तै जलविद्यूत समूहको १८.७८, बैंङकिङ समूहको १८.२५, होटेल समूहको १५.६९, विकास बैंङक समूहको ७.०५, अन्य समूहको ६.६५ र वित्त समूहको परिसूचक ३.४७ अङ्कले ओरालो लागेको छ । १३७ कम्पनीको ६ लाख ८९ हजार एक सय ९३ कित्ता सेयर ५६ करोड १६ लाख ४० हजार रुपैयाँमा किनबेच भएको छ ।

विशेष