अपराध सुरक्षा

यी युवक जो बलात्कारपछि युवतीलाई होटलमै थुनेर भाग्छन्

यी युवक जो बलात्कारपछि युवतीलाई होटलमै थुनेर भाग्छन्

पुस ५ । नेपाल प्रहरीले हालै एउटा यस्तो युवकलाई पक्राउ गरेको छ, जसको धन्दा देख्दा पनि अचम्म लाग्छ । उनको यस्तो धन्दाले अनाहकमै धेरै युवतीले शारीरिक र मानसिक सास्ती बेहोर्नु परेको छ । कतिपयले त बलात्कारको शिकारसमेत हुनु परेको छ ।

ती व्यक्ति हुन् अभय खड्का । प्रहरीकोमा बताएअनुसार उनको ठेगाना काभ्रे श्यामपाटी हो । तर अनुसन्धानका क्रममा सो ठाउँमा अभय खड्का नाम गरेका कुनै पनि व्यक्ति नरहेको बुझिएको छ ।

उनले लामो समयदेखि मोडल र नायिका बनाउने भन्दै युवतीहरुलाई अमानवीय व्यवहार गर्दै आएका थिए । उनी आफूलाई मोडल एजेन्सीको सञ्चालक भनेर बताउँथे । यसका लागि आकर्षक मोडल चाहिएको भन्दै पत्रिकामा विज्ञापन छपाउँथे । र, अन्तार्वार्ताका लागि पुतलीसडकस्थित तिरुपति होटल बोलाउँथे । जहाँ लगेर उनी सामान्य कुराकानी गरेपछि आफूसँग यौन सम्बन्ध राखे मोडल बनाउने बताउँथे । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्थे । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो घटना त्यतिबेला सार्वजनिक भयो, जब एक जना युवतीले उनको हर्कतबारे खुलेर मुकाबिला गरे । २३ मंसिरको दिन थियो त्यो, उनले एक युवतीलाई त्यसरी नै होटल तिरुपति लगे । उनले मोडल बन्ने भए आफूसँग यौन सम्बन्ध राख्नु पर्ने प्रस्ताव अघि सारे । तर ती युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती बेस्सरी चिच्याइन् । त्यसपछि ती युवक भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए ।

Rape in nepal

विशेष