अपराध सुरक्षा

लागूऔषधसहित ५ जना पक्राउ

लागूऔषधसहित ५ जना पक्राउ
पुस – ५ । लागूऔषधसहित देशका विभिन्न ठाउँबाट पाँच व्यक्ति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँ महानगरपालिका – ४ पुरानोबानेश्वर बस्ने ३५ वर्षीय कृष्ण शरण खड्कालाई नियन्त्रणमा लिएको छ । डाइजेपाम ७ एम्पुल, बुप्रेनफिन ७ एम्पुल र फेनारगन ७ एम्पुलसहित सोमबार उनलाई पक्राउ गरेको हो । यसैगरी कोटेश्वरबाटै खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडबाट रौतहट साखुवावा धमौरा–९ घर भई काठमाडौँ सोल्टीमोड बस्ने २१ वर्षीय साविर सेखलाई लागूऔषध नाइट्रोजेपाम ६० ट्याव्लेट सहित पक्राउ गरेको छ । त्यस्तै, बीरगंज उपमहानगरपालिका–१९ रजतजयन्ती चोकमा रक्सौलबाट बीरगंजतर्फ पैदल आउँदै गरेका दोलखा, फस्कु–४ बस्ने २७ वर्षीय जितबहादुर खवासलाई १२ पत्तामा रहेको लागूऔषध नाइट्रोभेट १ सय ८० ट्याब्लेट सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटे चेकप्वाईटमा बारातर्फ जाँदै गरेको खाली क्रेट बोकेको ना.५ ख ९३३२ नम्वरको मिनिट्रकमा लुकार ल्याउँदै गरेको लागूऔषध बरामद भएको छ । मंगलबार चेकजाँच गर्दा लुकाई ल्याएको लागूऔषध गाँजा ९५ केजी ४ सय ग्रामसहित चालक सर्लाही, हरिवन नगरपालिका–४ बस्ने ३८ बर्षीय राजकिशोर चौधरी र २८ बर्षीय महेश आले मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ

विशेष