राजीनामा दिएर ब्लाकमेलिङ गर्ने पुनर्निर्माणका प्राविधिकलाई मन्त्रालयका सचिवको कडा जवाफ
पुस ६ । ‘करारमा नियुक्त हुनेले राजीनामा दिने भन्ने हुँदैन । करार सकिएको दिन काम छाडेर जाने हो । जसलाई काम गर्ने इच्छा छैन छाडेर गए हुन्छ । भूकम्पपीडितहरु अहिलेसम्म टहरामा बस्न बाध्य छन् । यस्तो अवस्थामा पनि प्राविधिकहरुले ब्लाकमेलिङ गरेका छन् ।
पीडितको पीडामाथि खेलेर दोस्रो किस्ताको भुक्तानी हुने बेलामा काम छाडेर हिँड्नु पाप हो । जनतालाई तत्काल पुनर्निर्माण चाहिएको छ । यिनीहरुले काम छाडे अरु आउँछन् ।’ –दीपेन्द्रनाथ शर्मा, सचिव, सहरी विकास मन्त्रालय । –नयाँ पत्रिकाबाट