अपराध सुरक्षा

एमाले पूर्वजिल्ला कमिटी सदस्यले हत्याको जिम्मा लिंदै गरेको फोन डिएसपीको कानमा पुर्याएपछि...

एमाले पूर्वजिल्ला कमिटी सदस्यले हत्याको जिम्मा लिंदै गरेको फोन डिएसपीको कानमा पुर्याएपछि...

पुस ६ । युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानको मैले हो, पहिला गोली हानेर तर्साउँदासमेत सुध्र्रिएन । उसले मेरा केटाहरुलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन एमालेका मान्छेलाई अब छानी–छानी गोली हान्छु ।

गोली हानेको एक घण्टामै विभिन्न घटनामा फरार अभियुक्त देवदहकै मनोज बुढा मगरले एमाले रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य ध्रुव खरेललाई फोनमा भने ।

तिवारीलाई गोली लागेको र देवदह मेडिकल कलेज भलुही लगेको जानकारी पाएपछि त्यहाँ पुगेका खरेलसँगै थिए, इलाका प्रहरी बुटबलका डिएसपी मुकन्द मरासीनी । मनोजले छानी छानी गोली हान्ने धम्की–दिएपछि खरेलले मरासीनीलाई फोन दिए ।

डिएसपीले सोधखोज गर्दा उताबाट आवाज आयो हो दुर्गालाई गोली मैले ने हान्न लगाएको हो । मलाई खोज्ने र पक्रने प्रयास नगर्नुहोला, त्यसबेला जेपनि हुन सक्छ ।

Death Durga Tiwari Youth Force Nepal

विशेष