अपराध सुरक्षा

बझाङमा एकै डोरीको पासोमा झुण्डिएर प्रेमप्रेमिकाद्वारा आत्महत्या

बझाङमा एकै डोरीको पासोमा झुण्डिएर प्रेमप्रेमिकाद्वारा आत्महत्या
पुस – ६ । बझाङमा दुई युवायुवतीले आत्महत्या गरेका छन् । सुर्मा – ४ का २२ वर्षीय पुरन बोहरा र सोही ठाउँकी १७ वर्षीया संगीता बोहरा एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । मंगलबार साँझ घरबाट बेपत्ता भएका उनीहरु सुर्मा गाविस वडा ७ र ८ को बीचमा पर्ने भाटसेरी सामुदायिक वनमा लालीगुराँसको बोटमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । विवाहित पुरनको २ जना बच्चासमेत रहेको र केही समयदेखि संगीतासँग पनि प्रेममा रहेको उनका छिमेकीहरुले बताएका छन् । उनीहरुले किन आत्महत्या गरे भन्ने कारण खुल्न नसके पनि प्रेम सम्बन्धकै कारण बहकिएर आत्महत्या गरेको हुन सक्ने आफन्तहरुको अनुमान छ । घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले बताए ।

आत्महत्या बझाङ

विशेष