अर्थ

बिजुली माग्न नेपाली टोली दिल्लतीतिर

बिजुली माग्न नेपाली टोली दिल्लतीतिर

पुस ७ ।  केही समययता राजधानीलाई लोडसेडिङमुक्त बनाएर राम्रो जश पाएका नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माघ महिनामा पनि लोडसेडिङ नगर्ने वातावरण बनाउन हम्मेहम्मे परेको छ।

माघअघि नै थप बिजुली व्यवस्था नगर्ने हो भने लोडसेडिङ हुने निश्चित भएपछि बिजुली माग्न नेपाली टोली भारत गएको छ। उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोली बिजुली माग्न दिल्ली गएको हो।

भारतबाट थप ८० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङको सामना गर्नु नपर्ने भन्दै उनीहरु मंगलबार दिल्ली गएका हुन्।  भारतबाट बिजुली ल्याउनेबारे प्रारम्भिक सहमति भएकाले अन्तिम टुङ्गो लगाउन उर्जा टोली भारत गएको हो।

नागरिक

light

विशेष