अपराध सुरक्षा

बसको ठक्करबाट पाटेबाघको मृत्यु, बस चालक नियन्त्रणमा

बसको ठक्करबाट पाटेबाघको मृत्यु, बस चालक नियन्त्रणमा
पुस ७ । पूर्व–पश्चिम महेन्द्र राजमार्र्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रात्रीबसले ठक्कर दिँदा एउटा लोपोन्मुख पाटेबाघको मृत्यु भएको छ । सूदुरपश्चिमबाट काठमाडौं गइरहेको ना४ख २८८७ नम्वरको बसले सोही दिसाबाट गइरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा सडक किनारमा रहेको वयस्क भाले बाघलाई ठक्कर दिएपछि गएराति बाघको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जभित्र गुम्नाहा खोला नजिक कुवाभार भन्ने ठाउँमा बाघलाई ठक्कर दिई हिडेको बसलाई बाँके राष्ट्रिय निकुञ्जको ओभरी चेकपोष्टले नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Tighar death

विशेष