अपराध सुरक्षा

३ लाख ६५ हजार ५ सय भारू सहित एक भारतीय समातिए

३ लाख ६५ हजार ५ सय भारू सहित एक भारतीय समातिए
पुस ७  । प्रहरीले एकजना भारतीय नागरिकलाई ठूलो परिमाणको भारु नोटसहित पक्राउ गरेको छ। भारतीय नागरिक ४४ वर्षीय थुप्तेन गेलेकलाई प्रहरीले १ हजार दरका २१० वटा र ५ सय दरका ३०७ वटा भारतीय रुपैँयासहित ३ लाख ६३ हजार ५ सय रुपैयाँसहित बुधबार पक्राउ गरेको छ । इन्डिगो एयरको उडान नम्बर ६ ई०३२ मा काठमाडौँबाट दिल्ली जान लागेका गेलेकले सुटकेसमा लुकाएर लैजान लागेको उक्त रकम त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा प्रहरीले फेला पारेको हो । भारतीय नोटसहित पक्राउ परेका गेलेकलाई हिरासतमा राखे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Indian Currancy

विशेष