अर्थ

पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल स्थगन गर्न निर्देशन

पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल स्थगन गर्न निर्देशन
पुस - ७ । संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको उपभोक्ता हित सम्बन्ध उपसमितिले पेट्रोलियम पदार्थको बढेको मूल्य तत्काल स्थगन गर्न निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले उपभोक्तालाई मार पर्नेगरी मूल्य बढाएकाले तत्काल स्थगन गर्न निर्देशन दिएको हो । उपसमित संयोजक सुभाषचन्द्र ठकुरीले पेट्रोलियम पदार्थको अस्वभाविक मुल्य वृद्धि गरिएकाले स्थगन गर्न निर्देशन दिएको जानकारी दिए । उपभोक्तालाई चर्को मारमा पार्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको र मूल्य बढाउनुपर्ने ठोस कारण पनि नदेखिएपछि स्थगन गरी पुरानै दर कायम गर्न निर्देशन दिएको उनले बताए आयल निगमले गत आइतबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य समान प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले वृद्धि गरेको थियो । उक्त वृद्धिको निर्णयपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल समान ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ

पेट्रोलियम पदार्थ

विशेष