बहुविवाहको आरोपमा पक्राउ

पुस - ७ । बहुविवाहको आरोपमा डिवन गाविस -१ का ३५ वर्षीय उमेशप्रसाद यादव र उनकी कान्छी पत्नी २० वर्षीया बुचीकुमारी यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्लाको नर्घौ गाविस - ५ स्थित माइती घर भएकी उमेशकी जेठी पत्नी ३२ वर्षीया रम्भाकुमारी यादवले पुस १ गते प्र्रहरीमा दिएको उजुरीका आधारमा उमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रम्भालाई उमेशले २०७३ वैशाखमा कुटपिट गरी घरनिकाला गरेपछि उनी माइतीमै बस्छिन् । दुवैजनाले गत मङ्सिर ५ गते विवाह गरेको थाहा पाएपछि घरनिकाला भएर माइती बसेकी पीडित रम्भाले प्रहरीमा उजुरी दिएकी थिइन् । उमेश र रम्भाबीच २०६२ फागुण २८ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
बहुविवाह
रासस