सेयर बजारमा सामान्य सुधार

पुस – ७ । लगातार घट्दै आएको सेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ ।
लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ ।
नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार बिहीबार भने करिब पाँच अङ्कले उकालो लागेको हो ।
आज कुल १३८ कम्पनीको सात लाख ६९ हजार कित्ता सेयर रु ५० करोड २२ लाख किनबेच भएका छन् । बैंकिङ ०।२१, विकास बैंक ०।३८, उत्पादन १.६२ र अन्य समूह २.७४ प्रतिशतले बढेको छ भने होटल १.२५, जलविद्युत् ०.८७, फाइनान्स ०.५ र बिमा समूह ०.१४ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक
रासस
सेयर बजार