अर्थ

आफू मातहत शान्तिसेना पठाउन भारतको पहल

आफू मातहत शान्तिसेना पठाउन भारतको पहल

पुस ८ । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ ।

उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय सार्क र उप–क्षेत्रीय बीबीआईएन सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो ।

सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ ९यूएन०को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन ९बंगलादेश, भुटान, भारत र नेपाल० मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो ।

भारतले नेपालको राजनीतिक तहमा लबिइङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।

भारतले नेपाली सेनालाई भारतीय सेना नेतृत्वको क्षेत्रीय संरचनामातहत लैजाने प्रस्ताव बेलाबखत राख्दै आएको छ ।

भारतीय स्थल सेनाध्यक्ष दलबीर सिंह कात्तिक २६ गतेदेखि २८ सम्म नेपाल भ्रमणमा आउँदा पनि भारतीय पक्षबाट उक्त विषय अप्रत्यक्ष ढंगबाट उठाइएको थियो ।

कान्तिपुर दैनिक

Santi Mission

विशेष