अर्थ

इन्धनको मूल्य वृद्धि स्थगन गर्न निर्देशन

इन्धनको मूल्य वृद्धि स्थगन गर्न निर्देशन

पुस ८ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले वृद्धि गरिएको इन्धनको मूल्य तत्काल स्थगन गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाल आयल निगमले गत आइतबार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको भन्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको थियो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । उपसमितिको बिहीबार बसेको बैठकले नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई वृद्धि गरिएको मूल्य स्थगन गर्न निर्देशन दिएको हो । उपसमितिका संयोजक सुभाषचन्द्र ठकुरीले नेपालभन्दा भारतीय सहरमा इन्धनको मूल्य थोरै भएको र भारततर्फ नेपाली इन्धन तस्करी भएको बहानामा नेपाली उपभोक्तालाई मारमा पार्ने गरी भाउ बढाउन नपाइने बताए ।

अन्नपूर्ण

Oil Price

विशेष