यौन-शिक्षा

रोगबाट बच्न नियमित यौनसम्पर्क आवश्यक

रोगबाट बच्न नियमित यौनसम्पर्क आवश्यक

 सन्तान उत्पादन गर्नका लागि शारीरिक सम्पर्क जरूरी हुन्छ । हुन त आजकल क्लोनिङ र टेस्ट ट्युब बेबीको पनि प्रचलन छ तैपनि अधिकांश मान्छेले यौन गरेर बच्चा पाउँछन् ।

बच्चा पाउनुका अलावा सेक्सको अर्को महत्व पनि छ । यसमा स्वास्थ्यलाई फाइदा हुने धेरै कुरा भेटिन्छन् । बायोलोजिस्टहरूका अनुसार सेक्स गरेर बच्चा जन्माउँदा हुने जेनेटिक परिवर्तनले रोग भगाउन मद्दत गर्छ ।

स्कटल्यान्डको स्टर्लिङ विश्वविद्यालयका एक बायोलोजिस्ट स्टुआर्ट अउल्ड र उनको टोलीले पानीकीरामा गरेको परीक्षणले यो कुरा पत्ता लागेको हो । पानीकीराले क्लोन प्रविधि र सेक्स दुवैबाट बच्चा जन्माउँछ । ‘हामीले उही आमाबाट क्लोन गरेर अनि सेक्स गरेर जन्मेका छोरीमाथि परीक्षण गर्यौं अनि सेक्सबाट जन्मेका बच्चा अलि कम बिरामी भएको पायौं,’ अउल्डले भने ।

रोगबाट बच्नका लागि नै सम्पूर्ण प्राणीहरू सेक्समा उद्यत हुने गरेका छन् भलै यसको ठूलै मूल्य चुकाउनुपरोस्, अउल्डले व्याख्या गरे । यौनबाट जन्मेका सन्तानमा नयाँ नयाँ जेनेटिक भेरिएसन आउँछ जसका कारण उनीहरू रोगसँग लड्न थप अवसर पाउँछन् ।

sex

विशेष