अपराध सुरक्षा

श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या

श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या
पुस – ९ । चाँगुनारायण नगरपालिका – ३, छालिङ्ग थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्माहत्या गरेका छन् । शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि आफूले पनि विष सेवन गरी थापाले आत्माहत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । थापाको छोरा अस्ट्रेलिया रहेको र छोरीसमेत विवाहित भएकाले घरमा उनीहरु दुई जनामात्र बसोबास गरिरहेका थिए । घटनापछि थापा स्वयंले प्रहरीसमक्ष आई जानकारी गराएका थिए । प्रहरीलाई जानकारी गराएको केही क्षणमै थापाको मृत्यु भएको थियो ।

आत्माहत्या

विशेष