अर्थ

निगमलाई दुईवटा वाइड बडी विमान बिक्री गर्ने प्रस्ताव

पुस ११ । अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ ।

अमेरिकी उड्डयन सहयोग कमपनी ‘एएआर कर्पोरेसन’ ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुई थान ठूला आकारका ‘वाइड बडी’ जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर ९११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ० का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

‘हामीलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनुसार रहेको एएआरले उल्लेख गरेको छ ।’

निगमलाई २ सय ५० देखि २ सय ८० सिटसम्मको ‘ए३३०–२००’ सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए ।

असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए ।

निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वर्ल्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए ।

निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन ।

Nepal Airlince

विशेष