अर्थ कर्पोरेट

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेतीकाे प्रक्रिया अगाडि बढाइने

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेतीकाे प्रक्रिया अगाडि बढाइने
पुस - ११ । लगानी बोर्डले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चिनियाँ कम्पनी थ्री गर्जेजलाई आग्रह गरेको छ । यो आयोजना अघि बढाउनका लागि बोर्डले थ्री गर्जेजका प्रतिनिधिलाई पनि बोलाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले प्राधिकरण र प्रवर्द्धक मिलेर संयुक्त कम्पनी स्थापना गरेपछि आयोजना अगाडि बढ्ने जानकारी दिए । सरकार र थ्री गर्जेजबीच भएको प्रारम्भिक समझदारीमा संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख छ । चिनियाँ पक्षले प्राधिकरणले व्यहोर्नुपर्ने २५ प्रतिशत लगानीको दायित्वसमेत न्यून ब्याजदरमा चिनियाँ बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध गराउने वचन दिएको छ । एक खर्ब ४८ अर्ब लागत अनुमान गरिएको सो आयोजनाको सबैभन्दा जटिल पक्ष पुनःस्थापना र जग्गा प्राप्ति रहेको छ ।

लगानी बोर्ड

विशेष