मालपोत सबैभन्दा ‘ठूलो घुस्याहा’
पुस १२ । सरकारी कार्यालय मध्ये मालपोतमा सबैभन्दा बढी लेनदेन हुने गरेको एक अध्ययनले देखाएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाई गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको हो । ट्रान्सपरेन्सीले विभिन्न ९ जिल्लाका शिक्षा र स्थानीय विकास केन्द्रित १२ वटा सरकारी कार्यालयको सर्वेक्षण गरेको थियो । मालपोत, यातायात व्यवस्था, नगरपालिका, जिविस, गाविसमा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । –नागरिक दैनिकबाट