घरजग्गामा लगानी गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला, केही समय घरजग्गाको भाउ नबढ्न सक्छ
पुस १२ । बैंकहरुले घरजग्गा कारोबारमा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल स्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरुले बताए ।
सेयर धितोमा कर्ज दिन त केही साताअघिदेखि बन्दै भइसकेका छ–नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढंगानाले भने, ‘अहिले रियल स्टेटमा पनि केही कर्जा निरुत्साहित गर्न थालिएको छ । केही साताअघिदेखि नै तुलानात्मक रुपमा घर जग्गाको कारबोबारमा ब्याजदर उच्च राखेर त्स्तो कर्जा निरुन्तसाहित गर्न थालिएको उनले बताए । तरलता अभाव भएपछि पुँजी पर्याप्तता अनुपात उच्च दरमा राख्नपर्ने घरजग्गा कारोबारमा लगानी गर्न बन्द गरिएको बैंकरहरुले बताए । –नयाँ पत्रिकाबाट