हत्या गरेर फरार भएका अभियुक्त नै सरकारी जागिरे !
पुस १२ । दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन् ।
साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो । कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६(७ जना व्यक्ति मिलेर मगरको हत्यार भएको थियो ।
घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए ।
नयाँ पत्रिका
Death Nepali Employee