अपराध सुरक्षा

यस्ता खुंखार अपराधीसंग प्रेमको नौटंकी गर्ने अधिवक्ता निहिता

यस्ता खुंखार अपराधीसंग प्रेमको नौटंकी गर्ने अधिवक्ता निहिता

पुस १३ । विकनी किलर चाल्स शोभराजलाई नौ वर्ष अधि दोभासेका रुपमा केन्द्रीय कारागारमा भेट्दा ललितपुरकी निहिता विश्वास भर्खर १८ वर्ष लागेकी थिइन । आफू भन्दा ४४ वर्ष जेठा शोभराजसंगको पहिलो भेटमै प्रेममा परेकी उनी अहिले अधिवत्ता बनिसकेकी छन् ।

लघरको फलामे घेराभित्र रहेका शोभराज तत्काल छुट्नेनछुट्ने टुंगो छैन । तर निहिताको प्रेम भने अभै मरेको छैन । संसारलाई चकित बनाउने आफ्नो लभ स्टोरीका रोमियोको पर्खाइमा छिन् उनी ।

७३ वर्षिय सिरियल किलर प्रेमी फर्कने र नयाँ जीवन सुरु गर्ने आसमा अझै छिन उनी । निहिताले आफ्ना प्रेमीको मुद्दाबाटै अधिवत्ताको करियर सुरु गरेकी उनी कैदी बन्दीलाई सेवा सुविधा नपुगेको मुद्दामा उनले नै बहस गरेकी छन् । उनले शोभराजलाई छुटाउन अर्को मुद्दा दायर गर्ने तयारीमा रहेकी छन् । निहिता शोभराजलाई भेट्न नियमित कारागार जान्नन् ।

त्यसै कारण अहिले उनको लभका बारेमा उनी बोल्न चाहन्न् । तर निहिताकी आमा शकुन्तला भने शोभराज जेलबाट छुटे लगत्तै सम्बन्ध अगाडि बढ्ने बताउंछिन् ।

Chals Sovraj

विशेष