अर्थ

प्रचण्डका कुरा ठूला काम कम, २ खर्ब खर्चै भएन

प्रचण्डका कुरा ठूला काम कम, २ खर्ब खर्चै भएन

पुस १३ । आधा अर्थिक वर्ष सकिन लाग्दा सरकारको ढुकुटी सुन्निदै गएको छ । राजस्व संकलन सबै लक्ष्य भन्दा बढी भइरहेकै बेला सरकारी उदासीनताले बजेट खर्च भएको छैन् ।

नेपाल राष्ट्रबैकका अनुसार सरकारले ढुकुटीमा करिब २ खर्ब रुपैया जम्मा भएको छ । राष्ट्र बैंक स्रोत भन्छ, २ वटा फास्ट ट्रयाक बनाउन पुग्ने पैसा अर्थात १ खर्ब ९८ अर्व रुपैया सरकारी ढुकुटीमा थन्किएको छ ।

एकतातिर सरकारको खर्च गर्ने क्षमता नहुँदा उक्त रकम ढुकुटीमा थन्किएको हो भने अर्कोतिर अर्थमन्त्रीले पुरक बजेट ल्याउने तयारी गरिरहेका छन् । राजस्व लक्ष्य भन्दा बढी उठिरहेको तथा नेपालका विकास साझेदारले पनि आफ्ना केही कार्यक्रमहरुमा बजेट बचाएकोले स्रोतको समस्या नहुने स्रोतको तर्क छ ।

अर्थमन्त्रालयका कर्मचारी भने पुरक बजेट ल्याउने काम राजीनितीक भएको बताउँछन् ।

money

विशेष