अपराध सुरक्षा

१ अर्ब ६० करोड ठगी गर्ने सुधीर बस्नेत पक्राउ

१ अर्ब  ६० करोड ठगी गर्ने सुधीर बस्नेत पक्राउ
पुस १३ । १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे उनलाई पक्राउ गरिएको हो । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । लामो समय भारतमा लुकेर बस्दै आएका उनी हिजो मात्र घर आएका हुन् । कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन । उनले प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङमा लिएका थिए । नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले डुबाएका छन् । ओरेन्टियल विल्डर्सको नाममा उनले एनआईसी एसिया बैंकबाट २० करोड एक लाख ३ ऋण लिएका थिए । ऋण लिने र नतिर्ने गरेपछि उनी भूमिगत जस्तै भएका थिए । त्यसपछि अदालतले उनलाइ २ वर्ष कैदको समेत सजायँ सुनाएको थियो ।  

Sudheer Basnet

विशेष