ओटोमोबाइल

सुजुकी भिटारा ब्रेजालाई ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन उपाधी

सुजुकी भिटारा ब्रेजालाई ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन उपाधी
पुस – १३ । पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्ड्समा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ । एक कार्यक्रममार्फत भिटारा ब्रेजालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित गरिएको हो । कारमा जडित इञ्जिन तथा गियरबक्सको उत्कृष्ट क्षमता र प्रदर्शनीका कारण उपभोक्ता माझ कार विशेष लोकप्रिय रहेको छ । ब्रेजामा कम्पनीले फोर सिलिण्डरको १ हजार २ सय ४८ सीसी क्षमता सहितको टर्बो चार्ज्ड डिजल म्याटेड फाइभ स्पिड म्यानुअल ट्रान्समिशन ईञ्जिन जडान गरिएको छ । कारमा जडित यो ईञ्जिनले ९० पीएसको अधिकतम शक्ति र २ सय एनएम अधिकतम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । आकर्षक स्पोर्टी डिजाइन सहितको यो कारले यात्रु तथा चालकलाई यात्राको समयमा निकै आरामदायी अनुभव प्रदान गर्छ । कारमा प्रयोग गरिएको च्यासिसले यात्रु तथा चालकलाई गुणस्तरिय यूरोपियन सवारीको अनुभव प्रदान गर्छ । साथै, कारको नियन्त्रण प्रणाली समेत निकै सुरक्षित तथा आरामदायी छ । साथै, कम्पनीले कारमा आधुनिक स्मार्ट मार्फत नियन्त्रण गर्न मिल्न विभिन्न अत्याधुनिक फिचर्स पनि उपलब्ध गराएको छ ।

सुजुकी भिटारा ब्रेजा

विशेष